७ बैशाख २०८१, शुक्रबार

नेकपा एसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि काठमाडौँमा शुरु हुँदै


एकीकृत समाजवादीको बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आज बिहान ११ बजेदेखि कार्की बेन्क्वेट बबरमहलमा शुरु हुने बैठक भोलि फागुन २६ गतेसम्म बस्ने भएको हो ।

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउने लगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।

बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !