१२ बैशाख २०८१, बुधबार

कार्यव्यवस्थाको बैठकद्वारा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव अघि बढाउने निर्णय


कार्यव्यवस्थाको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।

योसंगै कार्यव्यवस्था परामर्श समितिले दलहरुसँग अध्ययन समितिमा रहने सदस्यहरुको नाम माग गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि प्रतिनिधि पठाउन तयार भएको एमालेका एक नेताले बताए ।

संसदले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गर्ने तयारी गरेको छ । एमालेले नाम दिन तयार भएपछि सिफारिस समिति गठन भई महाअभियोग प्रस्ताव अघि बढ्ने निश्चित भएको हो ।

सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो । प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावका लागि ११ जनाको महाभियोग सिफारिस समिति अव बन्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !