४ बैशाख २०८१, मंगलबार

सत्ता गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश जबरामाथि महाअभियोग : प्रवक्ता महरा


निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

बाँके । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सत्तारूढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन् ।

शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महराले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

‘जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।’, प्रवक्ता महरालेले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु