१३ बैशाख २०८१, बिहिबार

चितवन काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै


कांग्रेसको क्रियाशील सदस्य

चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुँदै छ । हिजो शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज शनिवार दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठविच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान शनिवार १२ः३० बजेदेखि शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा. सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये १०१ मत बदर भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !