७ बैशाख २०८१, शुक्रबार

राप्रपाको बैठक जारी, एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बैठक बिहान ८ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु केन्द्रीय कार्यसमितिको बैठकले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमसीसीको विराेधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हाे । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार हिजो बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल भएर एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।

हिजो बुधबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेपछि नेपालको वैदेशिक सम्बन्ध खल्बलिएको बताएका थिए । राप्रपाको बैठक आज सकिँने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !