७ बैशाख २०८१, शुक्रबार

एमालेले लगाएको आरोपप्रति सभामुखले जनाए कडा आपत्ति


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाको नाम जोडेर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।

सभामुख सापकोटाको सचिवालयले आज एक प्रेस नोट जारी गर्दै सभामुखविरुद्ध कपोलकल्पित विषयको उठान र दुस्प्रचार भएको भन्दै आपत्ति जनाएको हो । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

देशको जिम्मेवार राजनीतिक दल एमालेको लेटरहेडमा उनले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाईजोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सभामुखको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले बताएको छ ।

उनको सचिवालयले भनेको छ, ‘नेपालको संविधान, प्रतिनिधि सभानियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिकदायित्वर जिम्मेवारी निर्वाह गर्दै आएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ । उनले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिकअभीष्ट पूरा गर्नअमर्यादितएवं अशोभनीयतवरले सिर्जनागर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

यस्तो छ हेर्नुहोस् सभामुखको सचिवालयले निकालेको प्रेस नोट

सचिवालयले निकालेको प्रेस नोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !