८ बैशाख २०८१, शनिबार

हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र एकै चुट्कीमा समाप्त पार्‍यौं : माधव नेपाल


माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने सवै षड्यन्त्र एकै चुट्कीमा समाप्त पारिदिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमाबोल्दै अध्यक्ष नेपालले फागुन १ गते नै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका हुन् ।

नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमा अहंकार भरिएको बताउदै ओलीले दुईदेशीय सहमतिमा पनि राजनीति गरेको दावी समेत गरे । नेपालले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए ।

अध्यक्ष नेपालले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्नुपर्ने भए ओलीले आफ्नो सर्त पूरा गर्न दबाब दिएको पनि बताए । नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणा भएर संसदवाट अनुमोदन भएपछि आफूलाई ढुक्क लागेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !