७ बैशाख २०८१, शुक्रबार

एमसीसी मुलुकको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ : एमाले


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता मुलुकको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

एमसिसी सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन आयोजना गरी एमसीसी सम्झौताबारे आफ्नो धारणा व्यक्त गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, ‘एमसीसी परियोजना सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’

संसदवाट अनुमोदन भइसकेको एमसीसी परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको एमालेको भनाइ छ । एमालेले कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व नै त्यसका सम्भावित परिणाममा ध्यान दिनुपर्ने बताएको हो ।

सम्झौता भइसकेपछि कार्यान्वयनमा लाग्नुपर्नेतर्फ जोड दिँदै ओलीले यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुने प्रष्ट्याएका छन् । एमालेले तत्कालीन नेकपामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद शुरु गरिएको बताएको छ ।

यस्तो छ हेर्नुहोस् एमसीसी बारेमा एमालेको आधिकारिक धारणा (पूर्णपाठ)
एमालेको आधिकारिक धारणाएमालेको आधिकारिक धारणाएमालेको आधिकारिक धारणाएमालेको आधिकारिक धारणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !