८ बैशाख २०८१, शनिबार

एमसीसी संसदवाट अनुमोदन भएपछि नेपालले पनि पत्रकार सम्मेलन गर्दै


माधव नेपाल

काठमाडाैं । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) आज पत्रकार सम्मेलन गर्दैछ ।

संसदबाट एमसीसी अनुमोदन भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले एमसीसी लगायत देशको समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गर्ने बताइएको छ । अध्यक्ष नेपाल लगायतका नेताहरूको उपस्थितिमा आयोजना हुने उक्त पत्रकार सम्मेलनमा ७ फागुनको स्थायी कमिटीको बैठकको निर्णयवाट किन पछाडि हटनु परेको थियो ? जस्ता विषयमा प्रस्टीकरण दिने बुझिएको छ ।

सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रले एमसीसी संसदवाट अनुमोदन भएपछि गरेको पत्रकार सम्म्मेलनको भोलिपल्ट एकीकृत समाजवादी पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि आज दिउँसो १ बजे आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भएको थियो ।

यो पनि पढ्नुहोस्

एमसीसी संसदवाट अनुमोदन भएपछि ओलीले पत्रकार सम्मेलन गर्दै

एमसीसी अनुमोदन भएर देश, गठबन्धन र सरकार दुर्घटनाबाट बच्यो : प्रचण्ड

एमसीसी पास गर्न एमालेले पनि सहयोग गरेको प्रवक्ताको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !