७ बैशाख २०८१, शुक्रबार

एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको छ, म धेरै खुसी छु : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएकोमा खुसी लागेको दावी गरेका छन् ।

सोमबार खुमलटारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको समेत बताए ।

उनले भने, “यो पारित भएपछि निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त ठूलो कुरा मान्दिनँ म । यसले कानुनी र वैधानिक बाटो प्राप्त भएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !