७ बैशाख २०८१, शुक्रबार

गोपाल किराँती भन्छन्- फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो


गोपाल किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत आइतबारको प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष किराँतीले फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको टिप्पणी गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्, “त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोषित दलाल पुँजीवादी कांग्रेसको नेतृत्वमा खुलेआम देशद्रोहको अपराध गरियो । एमाले गुटको सरकारले संसदमा पु¥याएको त्यस सम्झौतालाई तथाकथित व्याख्यात्मक टिप्पणीको प्रपञ्चद्धारा अनुमोदन गराउने मतियार प्रचण्ड र माधव कुमार नेपाल बनेका छन् । अपार देशभक्त जनमत, बौद्धिकवर्ग र केही सांसदहरुको सशक्त आपत्तिलाई कुल्चदै एमसीसी सम्झौता अनुमोदन गर्ने संसद सर्वाङ्ग देशद्रोही संसदमा परिणत भएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !