११ बैशाख २०८१, मंगलबार

रातारात गठबन्धन तोड्ने षडयन्त्र जारी छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन तोड्न रातारात षडयन्त्र भइरहेको आरोप लगाएका छन् । पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात षडयन्त्र भइरहेको बताउदै उनले त्यसलाइ असफल पार्ने बताए ।

एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्तालाई इंगित गर्दै उनले षडयन्त्रको संज्ञा दिएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोड्न षडयन्त्र गरिरहेको संकेत गरेका हुन् । उनले सत्ता गठबन्धन तोड्ने षडयन्त्रलाई जसरी पनि पराजित गर्ने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषयलाई लिएर गठबन्धनमा केही मतभेद भए पनि गठबन्धन जोगाउने प्रयास जारी रहेको बताए ।

यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने उनको भनाइ थियो । एमसीसी सम्झौतामा भएका शर्तलाई भने अनुचित मान्न नहुने नेपालको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !