१२ बैशाख २०८१, बुधबार

५ दलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको एमसीसी प्रस्ताब कसरी राष्ट्रघाती भयो ?


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले अग्रगामी शक्तिको पांचदलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको एमसीसी प्रस्ताब कसरी राष्ट्रघाती भयो ? भन्दै प्रश्न गरेका छन् ।

नेता बाँस्कोटाले आज पनि देशमा ओली तानाशाही, राष्ट्रघात, शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले लेखेका छन्, “आज पनि ओली तानाशाही,राष्ट्रघात,शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकार छ नि देशमा । अग्रगामी शक्तिको पांचदलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको प्रस्ताब कसरी राष्ट्रघाती भयो ? लौन,शेषनाग खलक हो-कुरा बुझाई देऊ!गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !