७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । एक नेताका अनुसार एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो ।

यति महत्वपूर्ण विषयमा हुने छलफल र मतदानमा सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन दिएको एक नेताले जानकारी दिए । फागुन ८ गते संसदमा दर्ता भएको एमसिसी सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ । संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !