६ बैशाख २०८१, बिहिबार

आज न्याय परिषद्को बैठक बस्दै


न्यायाधीश दिपककुमार कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाएका छन् ।

एक न्यायाधीशका अनुसार विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो ।

बैठक एजेण्डाका सम्बन्धमा भने अहिले नै खुलाएको छैन । यद्यपि बुधबार बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !