७ बैशाख २०८१, शुक्रबार

केही नेताहरुले पार्टी परित्याग गरेपछि लोसपाको बैठक सुरु


महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बैठक शुरु भएको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेसंगै लोसपाको बैठक बसेको हो ।

एक नेताका अनुसार बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !