१३ बैशाख २०८१, बिहिबार

एमसीसी संसदबाट आँखा चिम्लेर पास हुन्छ : कांग्रेस प्रवक्ता महत


डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट आँखा चिम्लेर अनुमोदन हुने बताएका छन् ।

आज सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । उनले सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को नबोल्ने पनि उनले स्पष्ट पारेका छन् ।

उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी गर्दै कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !