१२ बैशाख २०८१, बुधबार

एमसीसी संसदमा टेवुल गरेपछि सञ्चारमन्त्री कार्कीको बढाइयो सुरक्षा


ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइएको हो ।

सञ्चारमन्त्री कार्कीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । हिजो फागुन ८ मा सञ्चारमन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट  संसदमा एमसीसी टेबल गरेका थिए ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दल एमाले लगायत सत्तारुढ दलकै सांसदहरुले पनि नाराबाजी गरेका थिए । आम नागरिकको मत एमसीसीको विपक्षमा भएकोले सम्भावित खतरावाट जोगाउन उनको सुरक्षा बढाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !