१३ बैशाख २०८१, बिहिबार

एमसीसीमा चरम विवाद भएपछि समाजवादीले बोलायो सचिवालय बैठक


एकीकृत समाजवादी बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले बोलाएको सचिवालय बैठक बस्दैछ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ । सोमबारको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा मुख्य एमसीसीको विषयमा छलफल हुनेछ । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । नेता खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकालेका थिए । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !