सरकारले संसद्मा एमसीसी टेबल गरेकोमा जनमोर्चाको असहमति Nepalpatra सरकारले संसद्मा एमसीसी टेबल गरेकोमा जनमोर्चाको असहमति
९ आश्विन २०७९, आइतबार

सरकारले संसद्मा एमसीसी टेबल गरेकोमा जनमोर्चाको असहमति


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ ।

सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको उल्लेख गर्दै आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको जनाएकी छन् ।

“सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसमहति हुन नसक्ने भएकाले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकाले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरूबाट अलग राखिएको हुन सक्दछ ।” विज्ञप्तिमा भनिएको छ, “अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !