१२ बैशाख २०८१, बुधबार

एमसीसी संसदमा पेश भएपछि प्रचण्डले भने – हाम्रो पार्टी एमसीसीको विपक्षमा उभिन्छ


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा उभिने पुन: स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभामा आज एमसीसी टेवुल गरिएपछि आफ्नो धारणा सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको पनि बताएका छन् ।

उनले आफ्नो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको भन्दै एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले लेखक छन्, ‘विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ । हाम्रो पार्टी र संसदिय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !