७ बैशाख २०८१, शुक्रबार

अमेरिकाले नेपालमाथि दिएको ‘धम्कीपूर्ण कूटनीति’ को हामी प्रतिरोध गर्छौं : चीन


वाङ् वन पिन

काठमाडौं । उत्तरको छिमेकी मित्रराष्ट्र चीनले अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कुटनीति शुरू गरेकोमा यस्तो दबाबमूलक कूटनीतिलाई चीनले सहेर नबस्ने भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्न अमेरिकाले लिएको चासोलाई चीनले ‘धम्कीपूर्ण कूटनीति’ भनी टिप्पणी समेत गरेको छ ।

चीनको राजधानी बेइजिङस्थित विदेश मन्त्रालयमा आज शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ् वन पिनले अमेरिकाको ‘दबाबमूलक कूटनीति’को चीनले खुलेर विरोध गर्ने स्पष्ट पारेका छन् । उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रश्न गर्दा प्रवक्ता पिनले यस्तो बताएका हुन् ।

नेपालको संसदवाट एमसीसी पारित नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘धम्कीपूर्ण कूटनीति’ को संज्ञा दिंदै चीन सो कूटनीतिको विपक्षमा रहेको स्पष्ट परेको हो ।

पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनले यस्तो टिप्पणी गरेको हो ।

नेपालका विभिन्न राजनैतिक दलहरूबीच अहिले एमसीसी कार्यक्रमबारे सहमति हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेतापनि नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने स्वतन्त्रता नेपाललाई भएको पनि चीनले बताएको छ ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउदै उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने समेत प्रतिक्रिया दिए ।

उनले नेपालको अर्थतन्त्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न सक्ने तर त्यहाँ कुनै राजनीतिक सर्त घुसाउन नहुने इनले बताए । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले केही दिनअघि एमसीसी पारित गर्नेबारे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई टेलिफोन गरेको प्रसंगमा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेको ग्लोबल टाइम्सले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !