६ बैशाख २०८१, बिहिबार

कुनै हालतमा एमसीसी पास हुँदैन : वरिष्ठ नेता खनाल


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने दाबी गरेका हुन् ।

खनालले गठबन्धन सहमतिका आधारमा बनेको भन्दै एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको दावी गरे । एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाअनुसार यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने उनले बताए ।

एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !