१३ बैशाख २०८१, बिहिबार

एमसीसीबारे वार कि पार गर्नुपर्ने, कुरा नमिले गठबन्धन टुट्ने थापाको स्पष्टोक्ति


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सहमति नभए सत्ता गठबन्धन टुट्ने संकेत गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताएका स्पष्ट पारेका छन् । थापाले एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिने लगायतका विकल्पमा छलफल भइरहेको समेत बताए ।

थापाले एमसीसी परियोजनामा नेपालले माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै त्यसपछिका सबै सरकारको पालामा यसबारे केही न केही काम अघि बढेको प्रष्ट पारेका छन् ।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमसीसी परियोजना स्वीकृत गरिएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यसलाई अघि बढाइएको उल्लेख गर्दै थापाले त्यसपछि बल्ल यो सम्झौताका केही बुँदा संशोधन गर्नुपर्छ भन्ने कुरा आएको जनाए ।

एमसीसीलाई अब धेरै समय अल्झाएर राख्न नहुने उल्लेख गर्दै थापाले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । साथै उनले एमसीसी सम्झौतालाई संसदमा ल्याएर छलफल गर्न सरकार तयार रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !