८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक शरु, एमसीसी आजपनि कार्यसूचीमा परेन


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक केही समयअघि शरु भएको छ । प्रतिनिधिसभाको आज शुरु भएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठक आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएअनुसार नै सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद एमसीसी पेश नगर्ने निर्णय गरेको थियो ।

संघीय संसदको महासचिव भरतराज गौतमद्वारा हिजो जारी आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसी समावेश नगरिएको कार्यसूचीलाई निरन्तरता दिंदै समावेश नगरिएको हो । यद्यपि राजनीतिको कुनै पासा पल्टिएर आज पुन: बस्ने सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति भएमा टेवुल हुने झिनो सम्भावना रहेको थियो ।

सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ मात्र प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध जारी राख्ने दावी गरेका छन् । एमसीसीका विषयमा पहिले सत्ता गठबन्धन प्रस्ट हुनुपर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !