१३ बैशाख २०८१, बिहिबार

एमसीसी विरोधी तीन दलको बैठक सकियो, एमसीसी पास गर्न सहयोग नगर्ने निर्णय


बैठक

काठमाडौं । सत्ता गठबन्धनका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको छलफलपछि माओवादीका नारायणकाजी श्रेष्ठले छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसीबारे समान धारणा कसरी बनाउने ? भन्नेबारेमा छलफल भएको बताए । उनले भने, “हाम्रो पूर्ववत अडान परिवर्तन भएको छैन ।”

छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादीका नारायणकाजी श्रेष्ठ सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !