८ बैशाख २०८१, शनिबार

एमसीसी सम्भावित कार्यसूचीमा नपरेको संसदको बैठक आज बस्दै


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने भनिएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन ।

सत्ता गठबन्धनको आजको बैठकमा एमसीसी संसदमा टेवुल गर्ने विषयमा सहमति नजुटेर आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नपरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्को धक्का लागेर तनावमा परेका छन् । संसद् सचिवालयले हिजो बिहीबार निकालेको सम्भावित दैनिक कार्यसूचीमा एमसीसी टेबलको कार्यक्रम राखेको छैन ।

संघीय संसदको महासचिव भरतराज गौतमद्वारा जारी आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसी समावेश गरिएको छैन । यद्यपि राजनीतिको कुनै पासा पल्टिएर आज पुन: बस्ने सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति भएमा टेवुल हुने झिनो सम्भावना भने जिवितै रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बैठक आज फागुन ६ गते दिउसो १ बजे बस्ने गरी बोलाएका छन् । सभामुख सापकाेटाले संसद बैठक अघि छलफलका लागि कार्य व्यवस्थाकाे बैठक ११:३० मा बोलाएका छन् ।

सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ मात्र प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । सरकार र नेपाली काँग्रेस आजको संसदको बैठकमा एमसीसी टेवुल गर्ने पक्षमा छ ।

एमसीसीबारे सहमति जुटाउन हिजो बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि आज शुक्रबार बिहान १० बजे बालुवाटार पुनः बस्ने गरी बैठक स्थगित गरिएको छ । हिजोको बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए ।

तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले राष्ट्रिय सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै १० बजेका लागि बैठक तय भएको हाे ।

यस्तो छ हेर्नुहोस् आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

संसद बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !