८ बैशाख २०८१, शनिबार

राज्यकोषको करोडौँ रकम हिनामिना गरेको भन्दै भट्टराईविरुद्ध अख्तियारमा उजुरी दर्ता


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्र्याउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईविरुद्ध उजुरी दर्ता गराएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !