१३ बैशाख २०८१, बिहिबार

कांग्रेस प्रवक्ता भन्छन् – भोलिको संसद् बैठकमा एमसीसी टेबल हुन्छ


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुने बताएका छन् ।

आज मंगलबार बेलुकी बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले उनले भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।

यद्यपि संसद् सचिवालयको आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश गरिएको छैन । तर नयाँ कार्यसूची प्रकाशन गरेर एमसीसी समेटिने सम्भावना भने कायमै रहेको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी नराखिएपछि भोलि बुधबारको बैठकमा पनि एमसीसी टेवुल नहुने त होइन भन्ने आशंका बढेको थियो ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभा बैठकको भोलिको सम्भावित कार्यसूचीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !