८ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक


अग्निप्रसाद सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले भोलि बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

भोलि बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो । भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसिरहेको बेला आज दिउसो प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन आग्रह गरेका थिए ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !