१२ बैशाख २०८१, बुधबार

महामन्त्री थापाले भने- एमसिसी तत्काल संसदमा टेबल गर्नुपर्छ


गगन थापा फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीको सन्दर्भमा कांग्रेसले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा दोहोरो चरित्र नदेखाएको दावी गरेका छन् ।

मंगलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताए ।

आज नेपाली काँग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रश्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको महामन्त्री थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !