१३ बैशाख २०८१, बिहिबार

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको दावी


गगन थापा फाइल फोटो

काभ्रेपलाञ्चोक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । महामन्त्री थापाले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत बताए ।

उनले बनेपास्थित कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाट गर्दै यस्तो बताएका हुन् । कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्कौल गर्ने महामन्त्री थापाले बताए ।

केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए। निर्वाचन सरकारले तोकिएकै समयमा हुने र कसैले हुन्न भन्ने हल्ला गर्दैमा निर्वाचन नरोकिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !