७ बैशाख २०८१, शुक्रबार

सांसद नरहेका डा. रामशरण महत कांग्रेस संसदीय दलको बैठकमा सहभागी


Ramsharan Mahat

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ ।

प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल जारी छ ।

बैठकमा सांसद नरहेका कांग्रेस नेता डा. रामशरण महत पनि सहभागी भएका छन् । एक नेताका अनुसार एमसीसीका विषयमा ‘ब्रिफिङ’ गर्न डा. महत त्यहाँ गएका हुन् ।

एक नेताका अनुसार डा. महतले गएको आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि एमसीसीका विषयमा ब्रिफिङ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !