७ बैशाख २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने


नेपाली कांग्रेस संसदीय दल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । महामन्त्री गगन थापाका अनुसार भोलि मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने महामन्त्री थापाले बताए ।

काँग्रेसले बोलाएको बैठकमा विशेष रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव, संसद्मा विचाराधीन विभिन्न विधेयक र एमसिसीका विषयमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

उक्त प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । संसद्को बैठक भने यही माघ ४ गते बुधबार डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !