६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रले हत्या अभियोगबाट सभामुखलाई जोगाउन प्रधानन्यायधीशविरुद्ध महाभियोग : कमल थापा


कमल थापाले बोलाएको बैठक

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्रले हत्या अभियोगबाट सभामुखलाई जोगाउन र नेकपा(एस)को सासंद पद जोगाउन प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग प्रस्ता ल्याएको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानन्यायधीस जबराविरुद्ध ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना रहेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, “प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !