१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी


संवैधानिक इजलास

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

हिजो आइतबार सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध अविश्वासको प्रस्ताव ल्याई प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो । सत्ता गठबन्धनमा आवद्ध प्रमुख तीन दलले प्रधानन्यायाधीविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेपछि एमालेले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न आज बस्न लागेको संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ । एमालेले यस अघिदेखि नै प्रधानन्यायाधीश जबरासहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने जिकिर गर्दै आएको थियो ।

बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमाले स्रोतले बताएको छ । यस्तै एमालेले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउने तयारी गरेको छ ।

हिजो आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोगको तयारीमा एमाले

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !