८ बैशाख २०८१, शनिबार

सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोगको तयारीमा एमाले


अग्नि प्रसाद सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउने तयारी गरेको छ । हिजो आइतबार सत्ता गठबन्धनका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अविश्वासको प्रस्ताव ल्याई प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

हिजो आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

हिजो आइतबार प्रधानन्यायाधीश जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने तयारी गरेको हो ।

सभामुख सापकोटाविरुद्ध महाअभियोगबारे आज बस्‍ने एमालेको संसदीय दलको बैठक छलफल हुने बताइएको छ । एमालेले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

यो पनि पढ्नुहोस्

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !