११ बैशाख २०८१, मंगलबार

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


बिशाल भट्टराई

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आजको सर्वदलीय बैठकमा आफूहरू नजाने बताए ।

आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ । सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे छलफलका लागि आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने एमालेको संसदीय दलको बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।

एमालेले प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !