८ बैशाख २०८१, शनिबार

गठबन्धन टुटाउन प्रपञ्च भइरहेको अध्यक्ष प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउन अनेक प्रपञ्च भइरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको दावी गरेका छन् ।

२७औं जनयुद्ध दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताए । गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन नबनाएको उनले दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !