११ बैशाख २०८१, मंगलबार

कमल थापाको पार्टीको नाम राष्ट्रिय एकता पार्टी, मुख्य एजेण्डा हिन्दू राष्ट्र


कमल थापा File Photo

काठमाडौं । कमल थापाले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेका छन्  । एक नेताका अनुसार बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न थापालाई जिम्मेवारी दिएको छ । बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको एक नेताले जानकारी दिए ।

पार्टीको नाम राष्ट्रिय एकता पार्टी नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने छ । थापानिकट स्रोतका अनुसार नयाँ दर्ता गर्न लागिएको पार्टीको हिन्दू राष्ट्र मुख्य एजेण्डा बताइएको छ ।

नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने मुख्य एजेण्डा उक्त पार्टीको हुने भएको हो । हिन्दूत्व, सुशासन र समृद्धिलाई एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय पनि आज बसेको बैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !