१२ बैशाख २०८१, बुधबार

कमल थापा पुनः पार्टीमा फर्किने पशुपतिशमशेर जबराको दावी


पशुपतिशम्शेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले कमल थापा पुनः पार्टीमा फर्किने दावी गरेका छन्। जबराले पार्टीबाट राजीनामा दिएका थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेको बताए ।

बिहीवार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यो अनपेक्षित घटना भएको बताए । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसके पनि कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर आफुले अनुरोध गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !