१३ बैशाख २०८१, बिहिबार

विवेकशील साझाका अध्यक्ष मिश्रविरुद्ध पाण्डेद्वारा सर्वोच्चमा रिट दर्ता


मिलन पाण्डे र रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विवेकशील साझा पार्टीभित्रको आन्तरिक विवाद अव सर्वोच्च अदालतसम्म पुगेको हो ।

विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने अध्यक्ष मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।

विवेकशील साझामा पार्टीहित विपरित काम गरेको भन्दै अध्यक्ष मिश्रले पाण्डेसहितका केही नेतालाई पार्टीबाट निष्काशन गरेपछि आयोगमा गएको पाण्डे समूह त्यहाँबाट चित्त नबुझेपछि सर्वोच्च अदालतसम्म पुगेको हो ।

यस्तो छ हेर्नुहोस् पाण्डेद्वारा सर्वोच्चमा दायर गरेको रिट

पाण्डेद्वारा सर्वोच्चमा रिट

पाण्डेद्वारा सर्वोच्चमा रिट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !