८ बैशाख २०८१, शनिबार

किसानको माग पूरा नगरे चुनावमा तराई मधेशमा अवरोध गर्ने सीके राउतको घोषणा


डा. सिके राउत

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने दावी गरेका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।

उनले पहिला किसानको माग सम्बोधन गरे मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गर्न आग्रह गरेका छन् । अध्यक्ष राउतले तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्ने बताए ।

अध्यक्ष राउतले आफूहरुले उठाएका सबै ११ वटा माग पूरा गर्न नसके पनि कम्तीमा किसानका माग मात्रै भए पनि पूरा गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !