१३ बैशाख २०८१, बिहिबार

कमल थापापछि पूर्वकोषाध्यक्ष पौडेलले छाडे राप्रपा


उद्धव पौडेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । पौडेलले लेखेका छन्, “राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !