७ बैशाख २०८१, शुक्रबार

कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
थापाले पार्टीबाट राजीनामा दिएपछि उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !