७ बैशाख २०८१, शुक्रबार

सिके राउत नेतृत्वको पार्टीको राजमार्ग केन्द्रित कार्यक्रम स्थगित


सिके राउत

काठमाडौं । जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ । सिके राउत नेतृत्वको पार्टीले मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका/नगरपालिका केन्द्रित कार्यक्रम गर्न दिएको छ ।

मौसमले साथ दिएमा किसानहरूसँग अन्तर्क्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ । साथै माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने पार्टीका महासचिव चन्दन सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !