७ बैशाख २०८१, शुक्रबार

सत्ता सगठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्ने ओलीको आरोप


एमालेको सचिवालय बैठकमा केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्न लागेको आरोप लगाएका छन् ।

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माण लगायत विषयमा छलफल गर्न भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा आज बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई देशको चिन्ता नभएकोले भड्खालोमा हाल्न लागेको ओलीको आरोप लगाएका हुन् ।

यस्तै अध्यक्ष ओलीले जेठ ४ मा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्ने बताएका हुन् । उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने उनको भनाइ छ । यस सम्बन्धमा आफूहरुले पटक-पटक सरकारलाई ध्यानकर्षण पनि गराएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !