४ बैशाख २०८१, मंगलबार

नेकपा एमालेको सचिवालय बैठक जारी


एमालेको सचिवालय बैठक

काठमाडौँ । स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक अहिले जारी रहेको छ ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा जारी बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु