८ बैशाख २०८१, शनिबार

गठवन्धन सरकारले देश र जनताका पक्षमा केहि राम्रो काम गर्न नसकेको पोखरेलको आरोप


शङ्कर पोखरेल

काठमाडौं । नेपका एमालेका महासचिव शंकर पोखरेलले पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म केहि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन्।

महासचिव पोखरेलले उल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो ? केही छैन । वरुउल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो । अव हुने चुनावमा जनतावाट त्यसको फैसला हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !