६ बैशाख २०८१, बिहिबार

सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था छैन : तामाङ


शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन् । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन् । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्नेतर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्धिविधिा छैन् ।”

सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले भने,“संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । बैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरुले जेठमा गर्ने कुरा गर्नुभएको छ । अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौं कि बैशाखभित्रै निर्वाचन हुनुपर्छ । सरकारले मिति घोषणा गर्नुपर्छ । सरकारको नेतृत्व कांग्रेसले गरेको छ । गठबन्धनको नाममा कांग्रेसले निर्वाचन सार्ने काम नगरोस । बैशाखभित्रै निर्वाचन गर्नुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !